Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेले संसद् अवरोध जारी राख्ने ओलीको संकेत

एमालेले संसद् अवरोध जारी राख्ने ओलीको संकेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • १८:२०:४४ बजे
  • 877
    SHARES
  • एमालेले संसद् अवरोध जारी राख्ने ओलीको संकेत

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । सरकारले मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन बोलाएको छ ।

    images

    उनले दोस्रोपटक अध्यक्षका लागि पदवहाली गर्दै एमालेले कारबाही गरेरका व्यक्तिहरुलाई संसद्‌मा स्वीकार्न नसकिने बताए । “हामीले निष्कासन गरेको व्यक्तिहरु संसद्‌भित्र राखेर कसरी संसद् चल्न सक्छ ?” ओलीले प्रश्न गर्दै भने ।

    उनीहरु पुनः संसद्‌मा छिरे स्वीकार्न नसकिने उद्घोष गर्दै ओलीले थपे,“हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसद्‌मा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौँ ।” गत साउन २३ गतेदेखि बोलाइएको संसद् अधिवेशन एमालेको अवरोधकै बीच अधिवेशन अन्त्य गरिएको थियो ।

    सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध अनुचित गठबन्धन गरेको उनको भनाइ छ । “सभामुखजी गठबन्धन गरेर लाग्नुभएको छ । एमालेविरुद्ध लाग्नुभयो ।

    अवैध ढंगले पार्टी फुटाउन लाग्नुभयो,” ओलीले भने । ओलीले राष्ट्रिय राजनीतिको गतिरोधलाई हटाएर अघि बढ्ने भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले केही काम नगरेको आरोप लगाए । उनले सरकार चल्न सक्ने अवस्था नभएको भन्दै ताजा जनादेशमा जानुपर्ने बताए ।

    “देश अहिले चलिरहेको छैन । सरकार चलिरहेको छैन । छिटोभन्दा छिटो ताजा जनादेशमा जाऔँ,” उनले भने । ओलीले अदालतमा देखिएको समस्यामा सत्तारुढ पाँच दलको गठबन्धनको विसंगतिका कारण भएको बताए ।

    “अदालतको हुर्मत लिने काम भएको छ । गलत फैसला गराउने र आफैँ हुर्मत लिने । कार्यपालिकाले न्यायपालिकालाई बर्वाद गरेको छ,” उनले भने ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology