Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानन्यायाधीशविरूद्ध महाअभियोग लगाउने तयारी

प्रधानन्यायाधीशविरूद्ध महाअभियोग लगाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • २१:२१:३९ बजे
  • 985
    SHARES
  • प्रधानन्यायाधीशविरूद्ध महाअभियोग लगाउने तयारी

    प्रधानन्यायाधी चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

    images

    सर्वोच्च अदालत बार एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको न्यायपालिकाको सुधार सम्भावना र चूनौति बिषयक छलफल कार्यक्रममा कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानन्यायधिशबिरुद्ध महाअभियोग लगाउने प्रयाप्त आधार रहेको बताए ।

    उनले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नहुने भन्दै प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोग लगाउन ढिलाइ गर्न नहुने जिकिर गरे ।

    त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले संसदको अवको बैठकमा प्रधानन्यायधिशबिरुद्ध महाअभियोगका बिषयमा छलफल हुने बताए ।

    संसदमा ११ जनाको छानबिन समिति बन्ने र त्यसका निम्ति दलहरूले तयारी गरिरहेको उनको भनाई छ । त्यस्तै उहाले संसदीय समितिले प्रधानन्यायाधीशलाई भविष्यमा कुनै पनि सेवा, सुविधा लिन नपाउने गरी छानविन गर्ने धारणा राखे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology