Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्वोच्च अदालत लयमा

सर्वोच्च अदालत लयमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • ०८:४१:१४ बजे
  • 997
    SHARES
  • सर्वोच्च अदालत लयमा

    न्याय सम्पादन प्रक्रिया अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ भएको छ ।

    images

    कात्तिक ८ गतेदेखि रोकिएको न्याय सम्पादन कार्य शुक्रबारदेखि लयमा फर्किएको हो । मङ्सिर १५ गतेदेखि नै नियमित सुनुवाइ प्रारम्भ हुने बताइए पनि सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशको विवाद सुरु भएपछि सुनुवाइ पुनः अवरुद्ध भएको थियो ।

    शुक्रबार गोला प्रणालीबाट १२ वटा इजलास गठन भई सुनुवाइ गरिएको छ । सर्तसहित न्यायाधीशहरू इजलास फर्किएका हुन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले शुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ भएको बताउँदै भने, “शुुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ सुरु भएको छ ।

    अब नियमित गतिमा अदालत फर्किन्छ ।”यसअघि केही समयदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, मिलापत्र, मुद्दा फिर्ता, तामेली लगायतको सुनुवाइ गरेका थिए ।

    सोबाहेक पूर्वनिर्धारित रहेको नियमित पेसीका मुद्दा सुनुवाइ गरेका थिएनन् । प्रधानन्यायाधीश जबरासँगको विवादका कारण न्यायाधीशहरूले लामो समयदेखि अघोषित रूपमा सुनुवाइ रोकेका थिए ।

    शुक्रबार सर्वोच्चमा १० वटा संयुक्त र दुई एकल इजलास गठन भएका थिए । गठन भएमा सबै इजलास बसेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत लयमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology