Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अबको लडाइँ विचारको क्षेत्रमा : प्रचण्ड

अबको लडाइँ विचारको क्षेत्रमा : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • १५:०७:२५ बजे
  • 1.0K
    SHARES
  • अबको लडाइँ विचारको क्षेत्रमा : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले प्रेसमार्फत भ्रम छर्न खोजिरहेको भन्दै पार्टीनिकट पत्रकारलाई कलम तिखो राख्न आग्रह गरेका छन् ।

    images

    चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेको र अहिले नै ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका हुन् ।

    ‘खतरा अझै टलिसकेको छैन । हामीले ब्याटल एक पटक त जित्यौँ । तर गठबन्धनलाई कमजोर बनाउन खोजिरहेका छन् । प्रेसमार्फत भ्रम छर्न खोजिरहेका छन् ’ प्रचण्डले भने, ‘हामी रिल्याक्स गर्ने ठाउँमा आइपुगेका छैनौँ । तपाईंहरु पनि रिल्याक्स नगर्नुहोला कलम तिखो राख्नुहोला ।’

    प्रचण्डले प्राप्त उपलब्धिहरुलाई प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुको हमलाबाट बचाउन प्रेस सुदृढ हुन आवश्यक रहेको बताए । ‘दिगभ्रमितहरुलाई जनचेतना दिने अनिवार्य शर्त हो ।

    क्रान्ति र प्रतिक्रान्ति रोक्ने आफ्नो हिस्साको जिम्मेवारीलाई राम्रोसँग निभाउनुहोला,’ प्रचण्डले भने, ‘हिजो जनयुद्धमा हतियारसँगै कलम पनि हिँड्थ्यो । तर, युद्धमा सेना र बन्दुक नै निर्णायक हुन्थ्यो ।

    शान्तिमा आएपछि अबको लडाइँ विचारको क्षेत्रमा हो । अबको पहिलो मोर्चा भनेको कलम हो ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology