नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा २३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ५ हजार २९५ आरटी पिसिआर र १ हजार ५०२ एन्टिजेन गरी कुल ६ हजार ७९७ जनामा परीक्षण गरिएकोमा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ६ हजार ७४४ जना संक्रिय संक्रमित छन् । हाल ६ हजार ३९७ जना हाेम आइसोलेसनमा र ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
१०६ जना आइसियू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार शनिबार देशभरबाट ३९२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।
योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ ।
योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।