जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकको पुनःसंरचनाको विषयलाई आफूले नछाडेको बताएका छन् ।
शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यसअघि आफूहरुले भन्दै आएको जातीय र सामर्थ्यका आधारमा राज्यको पुनःसंरचनाको विषयलाई नछाडेको बताएका हुन् ।
आफूहरुले राखेको विषयलाई संसदबाट अनुमोदन गराउनका लागि अहिले दुई तिहाइ नपुग्ने भएकाले अबको निर्वाचनको परिणामपछि आफ्ना मुद्धालाई स्थापित गर्न लाग्ने उनले बताए ।
भट्टराईले केपी ओलीको मुर्खताका कारण मुलुकको संघीयता नै खतरामा परेकाले आफूहरु एकजुट भएको र केही उपलब्धि जोगाउन सरकारमा सहभागी भएको बताए ।
उनले संविधान संशोधनको प्रस्ताव अघि बढाउन पहल गर्ने र त्यसका लागि सडक र सदनबाट संघर्ष गर्ने जिकिर गरे ।