Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कांग्रेसको महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना हुने

कांग्रेसको महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • १७:२८:१८ बजे
  • 793
    SHARES
  • कांग्रेसको महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना हुने

    नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ । शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो ।

    images

    गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ ।

    संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेद्वार छन् । दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन गर्न नसकिने प्रतिनिधिहरूको भनाइ छ ।

    त्यसो त, जिल्ला सभापति हेर्दा संसथापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पैडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ । धेरैले प्यानलमा मतदान नगर्ने अवस्था छ ।

    युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदाता भएको जिल्ला कास्कीका हुन् ।

    कास्कीमा तीन निर्वाचन क्षेत्र छ । जोशी पर्वतका हुन्, जहाँ एउटा मात्रै निर्वाचन क्षेत्र छ । भुगोलको प्रभाव पर्यो भने शर्माको पल्ला भारी हुन सक्ने मतदाताको अनुमान छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology