Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतको गुजरातमा पनि भेटियो ‘ओमिक्रोन’ संक्रमित

भारतको गुजरातमा पनि भेटियो ‘ओमिक्रोन’ संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • १७:३०:०५ बजे
  • 1.2K
    SHARES
  • भारतको गुजरातमा पनि भेटियो ‘ओमिक्रोन’ संक्रमित

    कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वका ३० भन्दा बढी देशमा फैलिइसकेको छ ।

    images

    डेल्टा भेरियन्ट भन्दा पनि बढी खतरनाक मानिएको ‘ओमिक्रोन’ छिमेकी राष्ट्र भारतमा पनि फैलिन सुरु गरिसकेको छ । केही दिन अगाडि मात्रै भारतको कर्नाटकमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट दुई संक्रमित भएका थिए ।

    त्यस्तै गुजरातको जामनगरमा पनि थप एक जना ओमिक्रोन संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति दुई दिन अगाडि मात्रै जिम्बाब्वेबाट भारत आएका भारतीय अधिकारीहरुले जनाएका छन् ।

    अधिकारीहरुका अनुसार विमानस्थलमै उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । जीनोम सिक्वेन्सिङ गर्दा उनमा ओमिक्रोन संक्रमण देखिएको बताइएको छ ।

    यसरी संक्रमितहरु भेटिन थालेपछि महाराष्ट्रबाट मात्रै ३० जनाको ओमिक्रोन परीक्षणका लागि नमूना पठाइएको बताइएको छ ।

    जहाँ विभिन्न देशका करिब ३ हजार यात्रुहरु आएका त्यहाँका अधिकारीहरुको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology