Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • १७:३७:५१ बजे
  • 901
    SHARES
  • माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो

    दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ ।

    images

    आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हाे । कम्पनीका अनुसार आयोजनाले दुई सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई नि:शुल्क विद्युत दिनेछ ।

    परीक्षण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । आयोजनाले चैत २०७७ मै उत्पादन सुरु गर्ने भने पनि कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा सात महिना ढिलो गरी विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

    विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाबाट भदाै‌ २०७८ देखि विद्युत उत्पादन गर्नु पर्ने थियाे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology