Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने तालिबानको आदेश

महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने तालिबानको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • १७:४२:४१ बजे
  • 733
    SHARES
  • महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने तालिबानको आदेश

    एजेन्सी / अफगानिस्तानको तालिबान सरकारले महिलाको स्वीकृतिबिना विवाह गर्न नपाइने आदेश जारी गरेको छ । शुक्रबार तालिबानले महिलाको स्वीकृतिपछि मात्रै पुरुषले उनीहरूसँग विवाह गर्न पाउने आदेश जारी गरेको हो ।

    images

    महिला कसैको ‘सम्पत्ति’ नभएको र उनीहरू सम्मानित एवं स्वतन्त्र मानव रहेको पनि तालिबानको भनाई छ।

    ‘कुनै पनि महिला सम्पत्ति होइनन्, उनीहरू सम्मानित एवं स्वतन्त्र मानव हुन्’, तालिबानका प्रवक्ता जबिहिल्लाह मुहाजिदले जारी गरेको आदेशमा भनिएको छ, ‘कसैले पनि उनीहरूलाई शान्तिका लागि वा दुश्मनी अन्त्यका लागि अरुलाई दिन सक्दैनन्।’ तालिबानको आदेशमा महिलाको विवाह र सम्पत्तिसम्बन्धी नियम समेत उल्लेख छन् ।

    नियमअनुसार महिलालाई जबर्जस्त विवाह गर्न पाइने छैन भने पति गुमाएका महिलाले दिवंगत पतिको सम्पत्तिबाट अंश पाउने छन् । अदालतले समेत निर्णय गर्ने क्रममा नयाँ नियमप्रति ध्यान दिनुपर्ने र सूचना तथा धार्मिक मामिला मन्त्रालयले यी अधिकारको प्रबर्द्धन गर्नुपर्ने आदेशमा उल्लेख छ ।

    अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा महिलाको शैक्षिक तथा श्रम अधिकारलाई लिएर चिन्ता व्यक्त गरिरहेको छ ।

    केन्द्रीय बैंकको अर्बौं डलर रोक्का गरेको अन्तर्राष्ट्रिय समुदायले महिला अधिकार स्थापित भएपछि मात्रै तालिबानसँग भविष्यमा सहकार्य गर्ने बताउँदै आएको छ ।

    महिलाले घर बाहिर गएर पढ्न वा काम गर्न पाउनेसम्बन्धमा पछिल्लो आदेशमा केही उल्लेख गरिएको छैन ।

  • सम्बन्धित विषय:

  • # विवाह गर्न नपाइने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology