Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महिलाले गरिन् गाईलाई आफ्नो मृत पति ठानेर गाईसँग विवाह

महिलाले गरिन् गाईलाई आफ्नो मृत पति ठानेर गाईसँग विवाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • १७:४७:२८ बजे
  • 829
    SHARES
  • महिलाले गरिन्  गाईलाई आफ्नो मृत पति ठानेर गाईसँग विवाह

    एजेन्सी/ संसारमा यस्ता धेरै मानिस छन् जसले आजपनि पुनर्जन्ममा विश्वास राख्दछन् ।

    images

    धर्मशास्त्र अनुसार पनि मानिसले मरिसकेपछि कुनै न कुनै प्रााणीको रुपमा पुनः धर्तीमा जन्म लिन्छ । कम्बोडियामा एकजना महिलालाई पनि यस्तै लाग्दछ ।

    आफ्नो त्यहीँ विश्वासका कारण ती महिलाले अनौठो कदम उठाएकी छिन् जसले निकै चर्चा कमाएको छ । कम्बोडियाको क्राटी प्रान्तमा बस्ने ७४ वर्षकी खिम हेंग नामकी ती महिलाले एउटा गाईलाई आफ्नो मृत पति ठानेर गाईसँग विवाह गरेकी छिन् । आफ्नो मृतक पति गाईको रुपमा पुनर्जन्म लिएको ती महिलाको विश्वास छ ।

    आफुले पति ठानेर बिहे गरेको उक्त गाईका सबै बानी व्यहोरा आफ्नो पतिकै जस्तो रहेको उनी बताउँछिन् । सो गाई जन्मिने बित्तिकै बाट उनीसँगै धेरै समय बिताउने गरेको थियो ।

    गाईले ती महिलाको अनुहारमा चाट्ने तथा कहिलेकाहीँ तथा मुखमै चुम्बन गर्ने पनि गर्दथ्यो । उक्त गाईले आफूलाई आफ्नो स्वर्गीय पतिले जस्तै माया गर्ने गरेको खिमको भनाइ छ ।

    त्यसैले आफूप्रति उक्त गाईको स्नेह देखेर खिम हेंगलाई आफ्नो मृतक पति गाईको रुपमा पुनर्जन्म लिएर फर्किएको जस्तो लाग्यो । ती महिला मात्र होइन उनको पूरै परिवार पनि सो गाईलाई पुनर्जन्म लिएर आएकोमा पूर्ण विश्वास गर्दछन् ।

    ती महिलाका छोरा आफ्नो मृतक पिता गाईको रुपमा पुनर्जन्म लिएकोमा ढुक्क छन् । त्यसैले उनले आफ्नी आमाले बिहे गरेको गाईको निकै सेवा गर्दछन् । महिलाले पनि पति सम्झेर बिहे गरेको गाईलाई प्रेम गर्दछिन् ।

    घरमा सो गाई खिमसँगै रहन्छ । उक्त गाई बस्ने कोठामा उनले आफ्नो पतिले प्रयोग गर्ने गरेको सिरानी राखिदिएकी छिन् । आफू मरिसकेपछि पनि उक्त गाईलाई आफ्नो बुवाजस्तै गरेर माया गर्नु भनेर उनले आफ्ना छोराछोरीहरूलाई अह्राएकी छिन् ।

    गाईको मृत्यु भए पनि मान्छेकै जस्तो गरी अन्तिम संस्कार गर्नपनि उनले आफ्ना परिवारलाई आग्रह गरेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # गाईसँग विवाह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology