Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी शक्तिहरु एक हुनुपर्छ: महरा

माओवादी शक्तिहरु एक हुनुपर्छ: महरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • १९:०४:०५ बजे
  • 940
    SHARES
  • माओवादी शक्तिहरु एक हुनुपर्छ: महरा

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्राप्त उपलब्धीलाई उल्ट्याउने षडयन्त्र भइरहेको भन्दै माओवादी शक्तिहरु एक हुनुपर्ने बताएका छन् ।

    images

    पार्टीको सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल भइरहेको पनि बताए ।

    यस्तै उनले पाँच दलीय गठबन्धन तोड्न विदेशी शक्ति लागिपरेको बताए ।

    नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्ति लागि परेको उनले बताए । तर कुन विदेशी शक्ति भन्ने स्पष्ट खुलाएनन् ।

    अहिलेको गठबन्धन संविधान र प्राप्त उपलब्धीको रक्षाका लागि बनेको भन्दै उनले भने, ‘हामी संविधानका उपलब्धिहरु जोगाउने पक्षमा छौं ।

    अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन् ।’ एमाले अध्यक्ष केपी ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेको पनि उलने आरोप लगाए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology