Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न पहल गर्छु: उड्डयनमन्त्री आलेले

जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न पहल गर्छु: उड्डयनमन्त्री आलेले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७८ शनिवार • १९:०८:२० बजे
  • 919
    SHARES
  • जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न पहल गर्छु: उड्डयनमन्त्री आलेले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images

    मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा मन्त्री आलेले सभ्यताको हिसावले मिथिला सभ्यता धेरै धनी रहेको र पुरानो जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    उनले आफ्नो मन्त्रालयबाट हुनसक्ने सबै किसिमको सहयोग जानकी मन्दिरका निम्ति उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।

    मन्त्री आलेले मुलुकको सवै धर्म संस्कृतिको संरक्षण र रक्षा गर्न सरकार गम्भीर रहेको बताए ।

    कार्यक्रममा कार्यक्रममा मिथिलाञ्चलको संस्कृति र संस्कारलाई बचाई राख्ने संस्कृतिविद् तथा सो क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई स्रष्टा सम्मानसमेत गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # जानकी मन्दिर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology