Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजेन्द्र बिरहीलाई १४औं महाधिवेशन प्रतिनिधि चयन गर्दै, जनसम्पर्क समिति कुवेतको १०औं वार्षिकोत्सव सम्पन्न,

राजेन्द्र बिरहीलाई १४औं महाधिवेशन प्रतिनिधि चयन गर्दै, जनसम्पर्क समिति कुवेतको १०औं वार्षिकोत्सव सम्पन्न,

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर १८, २०७८ शनिवार • १९:१५:५९ बजे
  • 1.3K
    SHARES
  • राजेन्द्र बिरहीलाई १४औं महाधिवेशन प्रतिनिधि चयन गर्दै, जनसम्पर्क समिति कुवेतको १०औं वार्षिकोत्सव सम्पन्न,

    नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले सभापति राजेन्द्र बिरहीलाई नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको लागि महासमिति सदस्य तथा प्रतिनिधि चयन गर्दै १०औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

    images

    नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको १० औं वार्षिकोत्सव हिँजो ३ डिसेम्बर २०२१ का दिन कुवेतको फाहाहिल स्थित एवान नेपाली रेष्टुरेन्टको सभाकक्षमा शुभकामना आदानप्रदान, सम्मान तथा नयाँ सदस्य स्वागत गरिभव्य रूपमा सम्पन्न भएको हो ।
    4FBFBF82-D6F8-49C2-B116-62AD43F6FC7D.jpeg

    नेपाली जन सम्पर्क समिति कुवेतको दशौं वार्षिकोत्सव समारोह समितिका सभापति राजेन्द्र विरहीको सभाध्यक्षता, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवतेका अध्यक्ष रणध्वज लामाको प्रमुख आतिथ्यता तथा एनआरएनए आइसीसी सदस्य हरि लावती, एनआरएनए मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल तथा नेपाली काँग्रेस केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण विभागअन्तर्गत कुवेत शाखा प्रमुख मन्जित चाम्लिङ राइको विशेष आतिथ्यता तथा कुवेतमा कृयाशिलसंघ संस्थाका पदाधिकारी प्रतिनीधि, पत्रकार एवं जनसम्पर्क समिति कुवेतमा आवद्ध कृयाशील सदस्यहरूको समुपस्थितिमा सम्पन्न भएको थियो ।

    1130F5B6-9946-4F52-B5CA-5476B26DFF87.jpeg
    प्रमुख
    अतिथि लामाले शुभकामना मन्तव्य दिंदै जब जब देश असजिलो अबस्थाबाट गुज्रिन्छ तब तब नेपाली कांग्रेसले नेतृत्व गरेर देशलाइ अग्रगमनमा पुर्याएको बताउँदै राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाइ व्यवहारमा उतार्न जनसम्पर्क समितिहरूले मुख्य भूमिका निर्वाह गर्नु पर्ने बताए। विशेष अतिथि तथा अन्य अतिथिहरूले जग बलियो भएमा घर बलियो हुन्छ भन्दै नेपाली कांग्रेसलाइ मजबुत बनाउन जनसम्पर्क समितिले राम्रो प्रशिक्षण दिएर राजनीतिक चेतना जगाइ कृयाशिल सदस्यता बढाउनु पर्ने बताउँदै दशौं वर्षगाठ मनाउने दिन सम्म जन सम्पर्क समितिले गरेका कामहरूको लेखाजोखा गर्दै अझ सशक्त भएर अघि बढ्नु पर्ने बताएका थिए ।

    जनसम्पर्क समितिका संस्थापक वीपी कोइरालालाइ स्मरण गर्दै दीप प्रज्जलन र राष्ट्रिय गानबाट शुरू गरिएको वार्षिकोत्सव समारोह जन सम्पर्क समितिका महामन्त्री केशर घलान तामाङ्गको संचालन रसहमहामन्त्री कान्तिप्रसाद अधिकारीले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरि शुरू भएको थियो ।वार्षिक आर्थिक प्रगति विवरण पेश गर्दै कोषाध्यक्ष चिज बहादुर गुरुङ्गले हाल जन सम्पर्क समिति कुवेतमा ३ सयको हाराहारीमा कृयाशील सदस्यता रहेको जनाएका थिए । शुभकामना मन्तव्य दिनेवक्ताहरूले जन सम्पर्क समितिले प्रवासमा रहेका सबै श्रमिकहरूलाइ समेट्दै श्रमिक हक हितकाकार्यहरू गर्दै जानु पर्ने तथा श्रमिकका समस्या समाधानमा जनसम्पर्क समितिले अझ कृयाशिल हुनुपर्ने बताएका थिए ।

    दशौं वार्षिकोत्सव कार्यक्रममा जन सम्पर्क समितिलाइ विभिन्न समयमा प्राविधिक रूपले सहयोग गरेको भन्दै तीतोपाटी मिडियाका आनन्द आचार्य र मयुरपाटी मिडियाका चन्द्र गोतामेलाई सम्मान गरिएको थियो भने नेपाली कांग्रेससँग आस्थावान करिब १५ जना कार्यकर्ताहरू वार्षिकोत्सव समारोहमा जन सम्पर्क समितिमा आवद्ध भएका थिए ।

    वार्षकोत्सव समारोहको समापन गर्दै सभापति विरहीले वक्ताहरूले राखेका जिज्ञासाहरूमा स्पष्ट पार्दै प्रवासका श्रमिकहरूका समस्याहरू समाधानमा जन सम्पर्क समिति स्थापनाकालदेखि खटेर लागिपरेको र प्रवासमा रहेका कार्यकर्ताको आवाज लिएर आफू १४ औं महाधिवेशनमा सहभागी हुन केहि दिनमा जान लागेको बताउँदै प्रवासमा रहेका समस्याहरूका बारेमा यस अघि पनि केन्द्रीय नेतृत्वसँग पटक पटक भेटवार्ता गरि अवगत गराएको र महाधिवेशनमा प्रतिनीधि भएर जाँदा पनि प्रवासमा रहेका सबै प्रवासीका समस्या समाधानको लागि पहल गर्ने बताउँदै दशौं वार्षिकोत्सव समारोहको विसर्जन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology