Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

राष्ट्रिय प्रजातन्त्र पार्टीकोअध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीकोअध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • ०८:२३:१६ बजे
  • 934
    SHARES
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकोअध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापालाई करिब २ सयभन्दा बढी मतले पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भएका हुन् ।

    images

    आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए ।

    यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। यसबारे औपचारिक घोषणा हुन भने बाँकी छ । केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

    सबैको एकैसाथ मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको स्रोतले बताएको छ । नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

    २०७८ मंसिर १५ गते बुधवारदेखि सुरू भएको महाधिवेशनमा मंसिर १८ गते शनिबार दिउँसो सवा १२ बजेदेखि निर्वाचन सुरू भएको थियो ।

    निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलले ३९ सय १७ मत खसेको जानकारी दिए । उनकाअनुसार ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका छन् ।

    प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको छ ।

    अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो । शनिबार अबेर रातिसम्म भएको मतदानमा ३८ सय ७३ मत खसेका थिए । बिहान ३ बजेबाट मत गणना शुरु भएको हो ।

  • सम्बन्धित विषय:

  • # जेन्द्र लिङ्देन विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology