Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेप:कमल थापा

राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेप:कमल थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • ०८:२७:३२ बजे
  • 994
    SHARES
  • राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेप:कमल थापा

     निर्वाचनमा पराजित भएपछि राप्रपाका अध्यक्षका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् ।

    images

    राजा ज्ञानेन्द्रले पार्टीमा हस्तक्षेप गरेको भन्दै उनले ट्वीट गरेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’

    उनले पराजयलाई सहर्ष स्वीकार गर्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

    उनले ट्वीट गरेका छन्,

    ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।

    पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। Congrats @GBBShah . Thank you मैले राहत र उन्मुक्ति पाएको छु

    सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
    हार्दिक शुभकामना।

  • सम्बन्धित विषय:

  • # कमल थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology