Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक वर्षभित्रमा एमालेको सरकार बन्छ : ओली

एक वर्षभित्रमा एमालेको सरकार बन्छ : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • ०८:२९:३३ बजे
  • 1.2K
    SHARES
  • एक वर्षभित्रमा एमालेको सरकार बन्छ : ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खिनु नपर्ने बताएका छन् ।

    images

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र देशमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका हुन् ।

    शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि देशमा पुनःनिर्माण र नवनिर्माणका काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए ।

    ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माणका काम देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएका पनि दोहोर्याए । उनले अब देशको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आउँदो निर्वाचनमा विजयी गराउनुपर्ने बताए ।

    अध्यक्ष ओलीले देश निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरुलाई आह्वान गरे । “चुनाव हुन ढिलै भए पनि एक वर्ष लाग्छ । एक वर्षमा चुनाव हुनैपर्छ ।

    एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसको सरकार बन्छ ? त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो,” उनले भने ।

    अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरेपनि अरु कसैले फुस्काइ दिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए ।

    उनले अघिल्लो पटक नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको दाबी समेत गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology