पछिल्लो समय नेपाली राजनीति र नेपाली जनतामाझ राजेन्द्र लिङ्देनको नाम चर्चामा रह्यो । यसअघि पनि उनी चर्चामा नआएका भने होइनन् ।
२०७४ सालको निर्वाचनमा मुलुकभरबाट राप्रपाको तर्फबाट सांसद बन्ने उनी मात्रै थिए त्यो बेला उनी चर्चामा आएका थिए । सो क्रममा उनले झापाबाट नेपाली काँग्रेसमा प्रभावसाली नेता कृष्ण प्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गरेका थिए । राप्रपाको यसअघिको कार्यकालमा महामन्त्री बनेका बेला बरु उनलाई त्यति धेरैले चिनेका थिएनन। राप्रपाको जारी एकता महाधिवेशनमा उनी भर्खरै अध्यक्षमा निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष कमल थपालाई २२७ मतान्तरले पराजित गरेर राप्रपाको नेतृत्व सम्हाल्न आइपुगेका छन् लिङ्देन । २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा राजेन्द्रको जन्म भएको थियो । उनको पुर्ख्यौली घर भने पाँचथर हो । उनका बुबा प्रहरी सेवामा कार्यरत भएकाले ढुँगेसाँघु ताप्लेजुङमा उनको जन्म हुन पुग्यो ।
उनलाई तत्कालीन नेकपमा एमालेका महासचिव मदनभण्डारीसँग जन्म स्थानको हिसाबले जोडिँदै आएको छ । किनकी मदनभण्डारीकै गाउँमा उनी जन्मिएका हुन् । उनको जन्म ताप्लेजुङ, पुर्ख्यौली गाउँ पाँचथर भएपनि उनको कर्मभूमि भने झापा भयो । उनको राजनीतिको विजारोपण पनि झापाबाटै भएको थियो ।
२०३६ सालमामा सानो उमेरबाटै राजनीतिमा होमिएका राजेन्द्र लिङ्देन झापामा विद्यार्थी कालबाटै चर्चित थिए । उनी त्यो बेला राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा अबद्ध थिए । पहिलेबाटै उनका राजनीतिक नेता भने कमल थापा नै थिए । किनकी उनी राजनीतिमा प्रवेश गर्दै गर्दा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष कमल थापा हुन् ।
पछि उनी आबद्ध विद्यार्थी संगठन विघटन भयो । त्यसपछि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बनाइएको थियो, जसको संस्थापक अध्यक्ष नै लिङ्देन बने । त्यसपछि लिङ्देन २०४९ सालको स्थानीय निर्वाचनमा झापाको गोलधापमा वडाध्यक्ष निर्वाचित भएका थिए ।
उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा पुन: निर्वाचित भए । लिङ्देन त्यसअघि २०४७ सालमै झापा राप्रपाको पार्टी सचिव भइसकेका थिए । त्यसैकाे हैसियतमा वडाध्यक्ष निर्वाचित भए । उनी २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमासमते बनेका लिङदेन २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नं ३ मा पराजित भएका थिए । त्यो बेला उनले तेश्रो स्थानको मत पाएका थिए ।
त्यसपछि २०६६ सालमा लिङ्देन राप्रपा नेपालको केन्द्रीय सदस्य बनेका थिए । २०७० मा लिङ्देन राप्रपाको महामन्त्री बनेका थिए । त्यस्तै लिङदेन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजित हुनुपरेको थियो । त्यो बेला पनि उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भएका थिए ।
त्यसपछि उनी २०७४ को निर्वाचनमा विजयी हुँदै राप्रपाको संसदमा साख जोगाउन सफल बनेका थिए । त्यो बेला भने उनले काँग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गरेका थिए ।
उनले ४४ हजार ६१४ मत प्राप्त गरेका थिए । उनी आदिवासी लिम्बू जातिका भएपनि जातिय आरक्षणको बिरोधी नेताका रूपमा चिनिदै आएका छन् । पढाइमा अब्बल लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन्।
किराँती पुत्रलाई ‘हिन्दु राष्ट्र’को वकालत गर्ने जिम्मा
राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएको पार्टीको भविश्य के हुन्छ भन्ने विषयमा बहस सुरु भएको छ ।
हिन्दु धर्म र राजसंस्थाका कट्टर पक्षपाती सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा हुँदै कमल थापा जस्ता नेताको नेतृत्वबाट पहिलो पटक राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ ।
हिन्दू धर्मको वकालत गर्ने पार्टीका अध्यक्ष लिङ्देन भने किराँत धर्म मान्छन् । ‘हामी धर्मको महलमा किराँत लेख्छौँ,’ राजेन्द्रका भाइ तथा राप्रपा झापा क्षेत्र नम्बर ३ ‘ख’ अध्यक्ष रविन्द्र भन्छन्, ‘राप्रपाले दिएको विषय व्यक्ति र जाति विशेष हैन ।
पहिचानको कुरा हो । हामीलाई दोधार र अप्ठेरो हुँदैन । मेचीदेखि महाकालीका समग्र नेपालीलाई जोड्ने सनातन हिन्दू धर्म हो ।’
राप्रपाको नेतृत्व युवा पुस्तामा मात्र गएको छैन, पहिलो पटक गैर हिन्दुले राप्रपाको आगामी चार वर्षे विरासत धान्ने छन् । लिङ्देन किराँत धर्म मान्छन् । तर उनले नेतृत्व गरेको पार्टी राप्रपाका निर्वाचित सबै नेता हिन्दु धर्ममा विश्वास गर्छन् ।
पहिलो पटक गैर हिन्दुले नेतृत्व गरेको पार्टीले अब हिन्दु राष्ट्रको वकालत गर्दा लिङ्देनले अर्को एउटा चुनौती पनि सामना गर्दैछन् । प्यानल बनाएर भएको प्रतिस्पर्धामा उपाध्यक्षमा धवलमशेर राणाबाहेक लिङ्देन प्यानलका सवै पराजित भएका छन् ।