Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेलायतमा बढ्यो नयाँ भेरियन्ट ओमिक्रो

बेलायतमा बढ्यो नयाँ भेरियन्ट ओमिक्रो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • १०:०१:१० बजे
  • 889
    SHARES
  • बेलायतमा बढ्यो नयाँ भेरियन्ट ओमिक्रो

    नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बेलायत भित्रिने यात्रुहरूलाई थप कडाइ गरिने स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् ।

    images

    आउँदो मंगलबार बिहान ४ बजेपछि बेलायत आउँदा अनिवार्य रूपमा बढीमा ४८ घण्टाभित्र कोभिड (प्रि-कोभिड) टेष्टको प्रमाण देखाउनुपर्नेछ ।

    हालको नियम अनुसार बेलायत आएको दुई दिनसम्म सेल्फ आइसोलेसन बसेर नेगेटिभ परिणाम पेस गर्नुपर्नेछ । सो नियम १२ वर्ष वा सो भन्दा माथिका लागि लागू हुनेछ ।

    बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको सङ्ख्या १६० पुगेको छ । जसमध्ये इंग्ल्याण्डमा १२९, स्कटल्याण्डमा २९ र वेल्समा एक जनामा नयाँ भाइरस फेला परेको सरकारले जनाएको छ ।

    नाइजेरियाबाट आएका २७ जना मानिसमा नयाँ भाइरस देखिएपछि यही सोमबार बिहान ४ बजेबाट नाइजेरियालाई यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा राखिने भएको छ ।

    नाइजेरियाबात बेलायती नागरिक मात्र आउन पाउनेछन् भने उनीहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ । नयाँ भाइरस ‘ओमिक्रोन’ कति घातक छ भन्ने हाल अध्ययनकै विषय भएकाले यसको सङ्क्रमणलाई नियन्त्रण गर्न बेलायत सरकारले बुस्टर डोज वितरणमा तीव्रता दिएको छ ।

    सरकारले दैनिक पाँच लाख जनालाई बुस्टर डोज दिने तयारी गरेको छ । शनिबार सार्वजनिक ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्क अनुसार ३४.४ प्रतिशतले बुस्टर लगाइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology