Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • ११:५१:१३ बजे
  • 1.1K
    SHARES
  • बढ्यो सुनको मूल्य

    आज साताको पहिलो आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य बढेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ पुगेको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । गतसाताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम थियो ।

    यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १२ सय रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदीको प्रतितोला मूल्य ११ सय ९० रुपैयाँ थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology