नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप काठमाडौँ सम्पर्क समन्वय मितिको अध्यक्षमा प्रबल कुमार बल निवार्चित भएका छन् ।
पार्टी कार्यलय पेरिस डाँडामा भएको सम्मेलनले बललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्षहरुमा श्याम नारायण श्रेष्ठ, बिनोद तिरुवा, रामलाल तामाङ निर्वाचित भएका छन् ।
सचिवमा भिम थापा मगर निर्वाचित भएका छन् । सहसचिव हिरालाल तामाङ निर्वाचित भएका छन् । भने कोषाध्यक्षमा दीर्गमान तामाङ निर्वाचित भएका छन् ।
सम्मेलनले सबै पदाधिकारी र सदस्यहरु सर्वसहमतिले निर्वाचित गरेको नव निर्वाचित कोषाध्यक्ष तामाङले जानकारी दिए । सम्मेलनले ५५ सदस्य कार्यसमिति निर्वाचित गरेको छ ।
माओवादी केन्द्रले अहिले देशै भरिको पार्टी संगठन तथा जनवर्गीय संगठनहरुको सम्मेलन गरिरहेको छ ।