Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रवीन्द्रजी, तपाईं रेडियोमा फर्किनुस् : पञ्चा सिंह

रवीन्द्रजी, तपाईं रेडियोमा फर्किनुस् : पञ्चा सिंह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • १६:५६:५१ बजे
  • 1.3K
    SHARES
  • रवीन्द्रजी, तपाईं रेडियोमा फर्किनुस् : पञ्चा सिंह

    अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई तागत भए विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छन्।

    images

    आइतबार अखिल (क्रान्तिकारी) पद्यकन्या बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएकी हुन्।

    सडकको मोर्चा खाली देखेर मण्डलेहरु सलबलाउन खोजेको भन्दै नेतृ सिंहले अहिले पनि सडकको मोर्चा विद्यार्थीहरुले समालिरहेको दावी गरिन्। उनले भनिन्, ‘सडक खाली छैन, सडकमा अखिल (क्रान्तिकारी) छ, नेबिसंघ छ, अखिल र समाजादी विद्यार्थी यूनियनसहित दर्जनौं विद्यार्थी संगठन अहिले पनि मैदानमै छ।’

    मुलुकको पौने एक करोड विद्यार्थीको संगठनहरुको तागतलाई कम नआक्न नेतृ सिंहले चेतावनी दिइन्।

    ‘रविन्द्र मिश्रले हिजो जावलाखेलको कार्यक्रममा कलेज र विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्किपूर्ण नारा पोतिएको ब्यानर अघि उभिएर हाम्रो आन्दोलन र परिवर्तनविरुद्ध बकबक गरेछन्, म चेतावनि दिन चाहन्छु दरबारलाई ढालेर आएको यो आनदोलनलाई दरबारका भारदार र सेवकहरुले नजिस्काउन्,उनले भनिन्।

    विद्यार्थी आन्दोलनले निरंकुश सत्ताको तीन पुस्तासँग लडेको इतिहास पढ्न उनले मिश्रलाई सुझाव दिइन्।

    विद्यार्थी संगठनसामु मिश्रका दरबारिया मालिकहरुले घुडा टेके, तर संगठनलाई प्रतिबन्ध गर्न सकेनन् भन्दै उनले प्रश्न गरिन् मिश्रहरुले कसरी यो आन्दोलन र संगठनलाई खारेज गर्न सक्छन ? अध्यक्ष सिंहले भनिन्,‘म मिश्रजीलाई हार्दिकता पूर्वक रेडियोको काममा फर्कन सुझाव दिन्छु,रविन्द्र मिश्र जस्ता अनुभवि रेडियोकर्मीको त्याहाँ खाँचो छ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # रवीन्द्रजी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology