Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भीम रावलले ओलीलाई भने: ‘म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर झैं नगर्नुस्’

भीम रावलले ओलीलाई भने: ‘म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर झैं नगर्नुस्’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • १८:३४:४० बजे
  • 883
    SHARES
  • भीम रावलले ओलीलाई भने: ‘म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर झैं नगर्नुस्’

    नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले प्रभावकारी रुपमा संसद अवरुद्ध गर्न नसके जनताको आवाज उठाउन दिनुपर्ने बताएका छन् ।

    images

    दोस्रोपटक अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले पदबहालीका क्रममा २८ गते आह्वान गरिएको संसद अधिवेशनमा पार्टीबाट निष्काशन गरिएका माधव नेपाल समूह सांसद हैसियतमा उपस्थित भए अवरुद्ध गर्ने बताएका बेला नेता रावलले प्रभावकारी रुपमा अवरुद्ध गर्न सुझाएका हुन् । 

    सरकारले काम गर्नेगरी अवरुद्ध गरेको कुनै औचित्य नहुने उनले उल्लेख गरेका छन् । यो म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भनेझैं भएको रावलको भनाइ छ । ‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो ।

    सरकारका सबै काम कारवाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,’ उनले भनेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्‍यो ।

    नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्‍यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology