ओमान/ नेपाली जन-प्रगतिशील मञ्च ओमानको दोस्रो महाधिवेशन यहि डिसेम्बर १०, २०२१ शुक्रबारका दिन ओमानको मस्कट स्थित अजेवा होटलमा हुने भएको छ ।
मञ्चको दोस्रो महाधिवेशन सम्पन्न गर्न मञ्चका अध्यक्ष उमेश विश्वकर्माको संयोजकमा समिति बनाएर कार्य विभाजन समेत भइसकेको जानकारी दिनु भयो ।
दोस्रो महाधिवेशनको बारेमा मञ्चका अध्यक्ष उमेश विश्वकर्माले भने, ’मञ्चको यस अघिकोराष्ट्रिय भेलामा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ “प्रकाश“ लाई ओमान ल्याइ अधिवेशन सम्पन्नगरिएकोमा कोरोना महामारीको कारण केहि समय ढिला हुन गए पनि यस पटक पार्टी अध्यक्ष प्रचण्डले अनलाइन भर्चुअल मार्फत सम्बोधन गर्ने गरि तयारी गरेको जानकारी दिनु भयो ।
अध्यक्ष विश्वकर्माले थपे, २ पार्टी एकताको विषयले कति माओवादीमा आस्था राख्नेहरु अलि टाढा भएको जस्तो भए केहि समय ढुलमुल हुनुको साथै कोरोना महामारीको कारण थोरै सुस्ताएको जस्तो देखिए पनि अबमञ्च सकृय भएर संगठन विस्तार तथा श्रमिकमैत्री कार्यमा अघि बढि रहेको छ ।’
हरेक नेपाली जनताले बुझी सकेका छन अब देशलाई विकास र समृद्धि बनाउने भनेको माओवादी केन्द्र हो । हरेक मजदुरको समस्यालाई पनि पार्टीले अब विषेश तरिकाले समाधान गर्ने योजना बनाएको जानकारी दिनु भयो ।
मञ्चले दोस्रो महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास ओमान, सोसल क्लब
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति ओमान लगायत ओमानमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि लगायत ओमानमा कार्यरत सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरूलाई मञ्चको दोस्रो अधिवेशनमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा सहित हार्दिक अनुरोध गरेको छ ।
“संसारभरका मजदुरहरू एक हौं“ भन्ने नाराका साथ सन २०१३ मा गठन भइ कृयाशिल रहेको मञ्चलेप्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेकाश्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाटकेन्द्रमा सहयोग गर्दै आएको छ ।
यो कार्य आगामी दिनमा पनिरन्तर रहने जानकारी दिनु भयो ।
कार्यक्रम विवरण
कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च ओमानको दोस्रो महाधिवेशन ।
मितिः १० डिसेम्बर २०२१ शुक्रबार ।
स्थानः अजेवा होटल मस्कट ओमान ।
समयः दिनको ठिक ११ बजे ।