Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चोली फाट्यो अप्ठेरोमा छोप्ने नयाँ नाना छैन

चोली फाट्यो अप्ठेरोमा छोप्ने नयाँ नाना छैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७७ सोमवार • २०:२७:१९ बजे
  • 3.8K
    SHARES
  • चोली फाट्यो अप्ठेरोमा छोप्ने नयाँ नाना छैन
    चोली फाट्यो अप्ठ्यारोमा छोप्ने नयाँ नाना छैन ।

    झरी पर्छ झम्म झम्म ओत लाग्ने छाना छैन !
    केटा केटी भोकै रुन्छन पकाउने दाना छैन !

    आन्द्राभूडी छुत्ती खेल्छन् के गरेर मनाउने हो ?
    भोक लाग्दा उजुर हाल्ने चौकी छैन थाना छैन !

    धेरै भयो मायालुलाई प्रेमपत्र नि नलेखेको !
    लेखौं भन्छु कलम छैन काजको पाना छैन !

    भेटघाट भयो भने यसो भन्नु पर्ला सायद  ?
    म्वाइँ खाऊ सुत राजा कसौंडीमा खाना छैन !

    अरु कुरा के भनौं खै भन्नै पनि लाज लाग्छ !
    चोली फाट्यो अप्ठेरोमा छोप्ने नयाँ नाना छैन !

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology