Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको छु:मन्त्री आले

मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको छु:मन्त्री आले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७८ सोमवार • १६:५८:२४ बजे
  • 1.4K
    SHARES
  • मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको छु:मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन् ।

    images

    सोमबार मन्त्रालयमा आयोजित नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)लाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमााणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाएको दाबी गरेका हुन् ।

    आफूले नेपाली ध्वजावाहक जहाजलाई नाफामा पुर्याउने चाहना राखेको उनले बताए । अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्ने बताए । “यो ध्वजावाहक जहाज भनेको नेपाली जनताले राजश्व तिरेर, कर तिरेर बनेको हो ।

    यसलाई कुनै पनि हालतमा माथि उठाउनैपर्छ । यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ । हामी चाहन्छौँ कमभन्दा कम खर्चमा नेपाल ध्वजावाहक जहाज नाफामा होस्, फाइदा होस्,” उनले भने,“अहिले पनि हामीलाई ५० अर्ब रुपैयाँभन्दा बढी ऋण छ । हामी एकदमै चिन्तित छौँ ।

    हामीले नौ प्रतिशत ब्याज तिरिराख्नु परेको छ । किस्ता हाम्रो ड्यु छ । ब्याज हामीले तिर्न सकेका छैनौँ ।” मन्त्री आलेले खतराजन्य पदार्थ आयात–निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको उल्लेख गरे । खतराजन्य पदार्थ आयात–निर्यातमा अब व्यवसायीहरुलाई झनझट नहुने र नाफा हुने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मन्त्रालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology