Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७८ सोमवार • १६:५९:२३ बजे
  • 817
    SHARES
  • म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय

    म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ ।

    images

    बीबीसीका अनुसार उनलाई सहमतीलाई भड्काउने र प्राकृतिक विपत्ति अन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।

    ७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप पनि लगाइएको बीबीसीले जनाएको छ । तर सुचीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन् ।

    गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सुचीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै सत्ता हत्ताएको थियो ।

    चुनावमा सुचीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि सुचीलाई घरमै नजरबन्द गरिएको छ ।

    म्यानमारको सेनाले स्टेट काउन्सिलर र विदेश मन्त्रीसमेत रहेकी नेतृ सुची, राष्ट्रपति विन मिन्ट, एनएलडीका वरिष्ठ नेताहरु, सांसद र क्षेत्रीय मन्त्रिपरिषद्का सदस्यहरुलाई गिरफ्तार गर्दै शासनसत नियन्त्रणमा लिएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेतृ आङ सान सुकी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology