Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाभन्दा निकै घातक अर्को महामारी आउने प्राध्यापक डेम साराको चेतावनी

कोरोनाभन्दा निकै घातक अर्को महामारी आउने प्राध्यापक डेम साराको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • ०८:२६:१२ बजे
  • 784
    SHARES
  • कोरोनाभन्दा निकै घातक अर्को महामारी आउने प्राध्यापक डेम साराको चेतावनी

    एजेन्सी । अक्सफर्ड आस्ट्राजेनका खोपका एक विकासकर्ताले भविष्यमा कोरोना महामारी भन्दा निकै घातक अर्को महामारी आउन सक्ने चेतावनी दिएकी छन् ।

    images

    प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने बताइन् । महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने उनको भनाइ थियो ।

    उनले ओमिक्रोन भेरिअन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने बताइन् । पहिला भन्दा थप सजग हुनुपर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘भाइरसले हाम्रो जीवन र जीविकालाई त्रासमा पारेको यो अन्तिम पटक हुने छैन ।

    सत्य के हो भने अर्को निकै खराब हुनसक्छ । त्यो निकै सङ्क्रामक र घातक वा दुवै हुनसक्छ।’ उनले त्यस्तो अवस्था दोहोरिन नदिनका लागि अझै पर्याप्त आर्थिक आधार सहितको तयारी नगरिएको बताइन् ।

    उनको ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता उच्च भएको बताइन् । यद्यपि उनले सङ्क्रमण विरुद्धको घट्दो संरक्षण र मध्यम खाले रोगको अर्थ गम्भीर रोग र मृत्युबाट पनि खोपले नबचाउने भन्ने चाहिँ भइनहाल्ने बताइन् ।

    उनले महामारीका बेला छिट्टै खोप र औषधिहरू बनेको प्रगतिलाई एउटा मापदण्डका रूपमा राख्नुपर्ने बताइन् । उनले फ्लुको जोखिमलाई हटाउन विश्वले एउटै खोप विकास गर्न नसक्नुको कुनै कारण नभएको पनि बताइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology