Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • ०८:३४:५३ बजे
  • 670
    SHARES
  • एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोगले जनाएको छ ।

    नासु पोखरेलले खेमप्रसाद काफ्लेमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेपछि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

    साथै वैदेशिक रोजगारमा आउनेसँग बिचौलियाको काम गर्दै आएका खेमप्रसाद काफ्ले राजेश पोखरेलले प्रतिव्यक्ति २१ हजार २ सय ९२ रुपैयाँ लिने गरेको र सो रकमबाट नासु पोखरेललाई ८ हजार दिने गरेको भेटिएपछि आयोगले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

    आयोगको अनुसन्धानमा घुस लिएको प्रमाणित भएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर भएको जनाएको छ । नासु पोखरेललाई ८ हजार बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    त्यस्तै, बिचौलियाको भूमिका निर्वाह गर्दै आएका देखिएको खेमप्रसाद काफ्ले र राजेश पोखरेललाई १३ हजार २ सय ९२ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology