Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मैले खराब गरे खराब भनेर लेख्नुहोला: मन्त्री आले

मैले खराब गरे खराब भनेर लेख्नुहोला: मन्त्री आले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • ०८:३८:५२ बजे
  • 520
    SHARES
  • मैले खराब गरे खराब भनेर लेख्नुहोला: मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राम्रो काम गर्दागर्दै पनि कतिपय मानिसहरूले आफ्नो व्यक्तिगत स्वार्थअनुसार काम नहुँदा मिडियामा देखाउने गरेको बताएका छन् ।

    images

    सोमबार मन्त्रालयकै सभाहलमा आयोजित एक कार्यक्रममा आलेले भने, ‘त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईंहरू आफैंले पनि बुझ्न सक्नुहुन्छ ।’

    मन्त्री आलेले आफू आइसकेपछि आफूले गरेका कामहरू राम्रा कामहरूको राम्रो समाचार दिन र खराब काम गरे खराब भनेर लेख्नु आग्रह गरे ।

    मन्त्री आलेले जनताले तिरेको करबाट बनेको वायु सेवा निगमको सञ्चालन खर्च कम गरी नाफा कमाउने संस्था बनाउनेतर्फ आफूले काम गरिरहेको बताए ।

    निगमका जहाजलाई पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति दिएसँगै अब विदेशबाट यस्ता सामान ल्याउने व्यापारीहरूलाई सजिलो हुने आलको तर्क थियो ।

    उनले भन, ‘अब निगमका विमानले यस्ता सामान बोक्दा दुई/तीन गुणा बढी मूल्य पाइने भयो, यो पनि राज्यका लागि राम्रो कुरा हो । यात्रु नभएको अवस्थामा यस्ता सामान ल्याउँदा पनि हामीलाई नाफा नै हुन्छ ।’

  • सम्बन्धित विषय:

  • # मैले खराब गरे खराब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology