Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दश भाइको हरिबिजोग भयो : माधव नेपाल

दश भाइको हरिबिजोग भयो : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • १९:०७:४१ बजे
  • 964
    SHARES
  • दश भाइको हरिबिजोग भयो : माधव नेपाल

    नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् ।

    images

    सुनसरीको इटहरीमा प्रदेश १ काे प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै पनि एमालेमै रहेका उनीहरू अहिले घरको न घाटको भएको आरोप लगाए ।

    पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने उनले ठाेकुवा गरे ।

    मार्क्सवादको मूल्यमान्यता र जनताको बहुदलीय जनवादलाई नारायणी नदिमा तिलाञ्जली दिएको आरोप लगाउँदै उनले भने ‘कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई सुम्पिदिए, अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology