Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली जनप्रगतिशील मञ्च हङकङको अध्यक्षमा गुरुङ

नेपाली जनप्रगतिशील मञ्च हङकङको अध्यक्षमा गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • १०:०६:४३ बजे
  • 1.0K
    SHARES
  • नेपाली जनप्रगतिशील मञ्च हङकङको अध्यक्षमा गुरुङ

    नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्तर्गत नेपाली जनप्रगतिशील मञ्च हङकङको तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट दुर्गा ब. गुरुङ  ‘मिलन’को अध्यक्षतामा ११ सचिवालयसहितको ४१ कार्यसमिति चयन भएको छ ।

    images

    भर्चुअल माध्यमबाट अधिवेशनलाई सम्बाेधन गर्दै पार्टीका विदेश विभाग अध्यक्ष ओम शर्माले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । प्रमुखअतिथि शर्माले नेपाली जनप्रगतिशील मञ्चसँग हङकङको सबै नेपाली जनता जोड्नु पर्ने कुरामा जोड दिए ।

    कार्यक्रममा नेकपा माओवादी हङकङ शाखाको पूर्व अध्यक्ष रवीन लिङ्देनले पार्टी संगठनलाई बलियो बनाउन नेताहरूलाई मात्र दोष दिएर नहुने, हामी सबै मिलेर काम गर्नु पर्ने बताए ।  मिलन फाउण्डेशन नेपाल समेत सञ्चालन गर्दै आएका अध्यक्ष दुर्गा मिलनले आगामी दिनमा संगठनलाई अझ मजबुत बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । 


    नेकपा माओवादी केन्द्र र एमालेको एकता पछि पार्टीको सबै संगठनमा नेतृत्वको संरचनामा परिवर्तन भएको थियो । हङकङमा माओवादीबाट जसबहादुर ओख्राबुको अध्यक्षतामा नेकपाको संगठन प्रवासी नेपाली एकता मञ्च गठन भएको थियो । 

    गत फागुन २३ को सर्वोच्च अदालतको निर्णयले माओवादी र एमाले पूर्व अवस्थामा नै फर्किए पश्चात हङकङमा नेकपा माओवादीहङकङ शाखालाई नेपाली जनप्रगतिशील मञ्च बाट नै सञ्चालन गर्ने गरि तेस्रो अधिवेशन भएको छ ।  

    मञ्चको तेस्रो अधिवेशनमा लिम्वुवान राष्ट्रीय मुक्ति मोर्चा हङकङको अध्यक्ष इन्द्र लक्सम, मोर्चाको केन्द्रीय सदस्य भुपेन्द्र चेम्जोङ, मञ्चको पूर्व सल्लाहकार तुलाजङ गुरुङ, ज्ञानु मेन्याङबो, युवराज गुरुङले शुभकामना मन्तव्य दिएका थिए । 
     


    यस्तो छ कार्यसमिति


    अध्यक्षः दुर्गा बहादुर गुरुङ “मिलन” 


    उपाध्यक्षः आषिश सुवेदी

    उपाध्यक्षः नरेन्द्र केरुङ

    सचिवः हरिन्द्र तमु ‘हरि’

    सह–सचिव प्रवक्ताः किन्दर राई

    कोषाध्यक्षः अर्जुन राना मगर 

    सह–कोषाध्यक्षः सुरेश शर्मा

    सचिवालय सदस्यः मन प्रसाद गुरुङ

    सचिवालय सदस्यः रबिन नाल्बो

    सचिवालय सदस्यः निर लिम्बु

    सचिवालय सदस्यः प्रताप कोयु राई

    ११ सचिवालय सहितको ४१ कार्यसमिति चयन भएको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology