Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • १४:०८:३८ बजे
  • 613
    SHARES
  • बढ्यो सुनको मूल्य

    आज बुधबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ ।

    यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । हिजो मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

    सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको प्रतितोला मूल्य आज १२ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology