Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्रले बिहीबार बिहान ११ बजे बोलायो स्थायी समिति बैठक

माओवादी केन्द्रले बिहीबार बिहान ११ बजे बोलायो स्थायी समिति बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • १७:५३:२१ बजे
  • 865
    SHARES
  • माओवादी केन्द्रले बिहीबार बिहान ११ बजे बोलायो स्थायी समिति बैठक

    नेकपा (माओवादी केन्द्र)ले आगामी शनिबार हुने पार्टीको प्रदेश सम्मेलन तयारीका लागि छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ ।

    images

    बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

    प्रदेश सम्मेलनको तयारी, नेतृत्व चयनसहित पार्टीले लिने वैचारिक, राजनीतिक एजेन्डाका विषयमा समेत छलफल हुने ती नेताले बताए ।

    यस्तै, बैठकमा प्रदेश सम्मेलनका विषय र आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीतिक प्रतिवेदनका विषयमा समेत सुझाव संकलन हुने बताइएको छ ।

    माओवादीले यसअघि नै सेल, वडा र पालिका सम्मेलन गरिसकेको छ । माओवादीले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology