Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दशौँ महाधिवेशनमा मैले चुनाव हारेको छैन :भीम रावल

दशौँ महाधिवेशनमा मैले चुनाव हारेको छैन :भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • १८:०४:०९ बजे
  • 1.1K
    SHARES
  • दशौँ महाधिवेशनमा मैले चुनाव हारेको छैन :भीम रावल

    नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर केपी शर्मा ओलीसँग पराजित भएका नेता भीम रावलले चुनावमा आफूले अध्यक्ष पद नजिते पनि नैतिक रुपमा अध्यक्ष पद जितेको बताएका छन् ।

    images

    चितवन महाधिवेशनमा पराजित भएपछि पहिलो पटक अछाम पुगेर सार्वजनिक कार्यक्रममा देखा परेका नेता रावलले चुनावमा हार/जित हुनु स्वभाविक रहेको बताए । ‘प्रत्येक व्यक्तिलाई चुनावमा प्रतिस्पर्धा गर्ने अधिकार छ ।

    चाहे त्यो संसदीय वा पार्टीको चुनाव होस् । यदि त्यसविपरीत भए निरंकुशता हुन्छ । आठौँ महाधिवेशनको बुटवल महाधिवशेनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीजी र म उापध्यक्ष पदमा उठेका थियौँ । तर, दुवै हार्यो ।

    निर्वाचनमा उठेपछि हारजित हुनु स्वभाविक हो । पराजयको कुरा गर्नुहुन्छ भने, यो दशौँ महाधिवेशनमा मैले जुन देशभक्ति भण्डा उठाएको थिएँ । पार्टीको विधि, पद्धतिको उठाएको थिएँ । मैले आज चुनाव जितेको छु, हारेको छैन,’ उनले भने ।

    नेता रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको पनि बताए। अमेरिकी आर्थिक सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र भईरहेको पनि नेता रावलले बताएका छन् ।

    सत्तारुढ दलका नेताहरु पद जोगाउनको लागि राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ ।

    नेता रावलले एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भईरहेको भन्दै देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा जोड दिए ।

    एमसीसीविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउँदै आएका रावलले अहिलेसम्म एमसीसीसँग भएका सम्झौता राष्ट्रहित विपरित, स्वतन्त्रता र सार्वभौमिकताविरुद्ध रहेको स्पष्ट पारे । नेता रावलले नेपालको संविधानभन्दा माथि राखेर गरिएको एमसीसीको सम्झौता एकदमै घातक रहेको पनि बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology