Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय सेना प्रमुख बिपिन रावतकाे हेलिकप्टर दुर्घटनामा निधन

भारतीय सेना प्रमुख बिपिन रावतकाे हेलिकप्टर दुर्घटनामा निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • १८:४४:४६ बजे
  • 1.0K
    SHARES
  • भारतीय सेना प्रमुख  बिपिन रावतकाे हेलिकप्टर दुर्घटनामा निधन

    भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे निधन भएकाे छ ।

    images

    तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे । भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे ।

    दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे कुन्नूरमा दुर्घटना भएकाे थियाे ।

    भारतीय वायु सेनाका अनुसार याे एमआई-१७बी ५ हेलिकप्टर थियाे । रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसाे नै बिपिन रावतकाे घर पुगेर उहाँकाे परिवारसँग भेट गर्नुभएकाे थियाे ।

    त्यसपछि सेनाध्यक्ष मनाेज मुकुन्द नरवणे पनि बिपिन रावतकाे घु पुग्नुभएकाे थियाे । जनरल रावत सन् २०२० काे जनवरी १ मा देशकाे पहिलाे चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएकाे थियाे ।

    याे हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ ।-

  • सम्बन्धित विषय:

  • # भारतीय सेना प्रमुख
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology