एजेन्सी । हाई हिल्स महिला माझ निकै नै चर्चित छ । यसलाई लगाएर महिलाहरुले आफूलाई आकर्षक जीउडालको प्रदर्शन गर्ने गर्दछन् ।
हरेक आधुनिक महिलाको पहिरनमा हाई हिल्स एक अभिन्न अंग बनेको छ । उच्च वर्गका सामाजिक कार्यक्रममा जाने जोकोही महिला हाई हिल्स लगाउन मन पारउने एक रिसर्चले हालै रिपोर्ट सार्वजनिक गरेको छ । तर के तपाईंलाई थाहा छ, हाई हिल्स शुरुवातको चरणमा पुरुषहरुका लागि बनाइएको थियो ।
वास्तवमा पुरुषहरुका लागि सबैभन्दा पहिले हिल जुत्ता युद्ध र घोड सवारीका लागि प्रयोग हुने गरेको थियो । रिपोर्टका अनुसार घोडसवारीका लागि हाई हिल भएको जुत्ता लगाउँदा घोडामाथि पकड मजबुत हुन्थ्यो । त्यसैले पुरुषहरु जुत्तामा लगाइएको हिल यस कामका लागि प्रयोग गरिन्थ्यो ।
यसको प्रयो सबैभन्दा पहिले १० औं शताब्दीमा शुरु भएको थियो । सबैभन्दा पहिले पर्सियाका साम्राज्यका पुरुषहरुले हाई हिल लगाउन शुरु गरेका थिए । युद्धका बेला यो साम्राज्यका पुरुषहरु हाई हिल्स भएका जुत्ता लगाउँथे । सुरक्षाका हिसावले हाई हिल्स भएका जुत्ता धेरै नै दह्रा र राम्रा मानिन्थे ।
१५९९ सालमा जब पर्सियाका राजा अब्बासले आफ्ना राजदूतलाई युरोप पठाए तब उनका साथ हाई हिल्स भएका जुत्ता युरोप पुगे ।
त्यसपछि त संसारभर हाइ हिल्स भएको जुत्ताहरुको चलन बढ्यो । विस्तारै–विस्तारै कतिपय देशहरुमा हाई हिल्सका जुत्ताको प्रयोग हुन थाल्यो र यसलाई धनीमानीहरु र राजाहरुको शोखको विषय बन्यो । फ्रान्सका शासक लुइस १४ औं १० इन्च अग्लो हिल भएको जुत्ता लगाउँथे ।
किनकी उनको उचाई मात्र चार फिट चार इन्च थियो । त्यसपछि सन् १७४० मा यस्तो समय आयो जब सबैभन्दा पहिले महिलाहरुले हाई हिल लगाउन शुरु गरे ।
यहीबाट महिलाहरुले आई हिल्समाथि कब्जा नै जमाए । त्यसपछिका ५० वर्षहरुमा यो पुरुषहरुको खुट्टाबाट फुक्लिएर महिलाहरुको प्रिय बन्यो ।
समय बित्दै जाँदा अब यसको आकार र डिजाइनमा पनि धेरै नै बदलाव आएको छ । हुनत हाई हिल्स स्वास्थ्यका दृष्टिले सही छैन किनकी यसको सीधा असर मेरुदण्डको हड्डीमा पर्छ ।
घुँडा र जोर्नीमा समस्या ल्याउँछ । लामो समयसम्म हाई हिल्स लगाउँदा जोर्नीमा पीडा हुन सक्छ ।