Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी,यस्तो छ ट्राफिक व्यवस्थापन

नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी,यस्तो छ ट्राफिक व्यवस्थापन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • ०८:३०:५७ बजे
  • 1.1K
    SHARES
  • नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी,यस्तो छ ट्राफिक व्यवस्थापन

    नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशनस्थल काठमाडौं आउन सुरु गरेका छन् । २४–२७ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ ।

    images

    महाधिवेशन नजिकिँदै गर्दा ट्राफिक व्यवस्थापनको चिन्ता बढेको छ । बढ्दो सवारी चापले प्रभावित उपत्यकाको ट्राफिक व्यवस्थापन देशभरबाट तीन लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनका कारण थप अस्तव्यस्त हुने निश्चित छ ।

    यस्तोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापनको योजना बनाएको छ । ट्राफिक व्यवस्थाका दुई मुख्य कुरामा एउटा जनशक्ति परिचालन र अर्को पार्किङस्थल हो ।

    यी दुबै विषयमा ट्राफिक महाशाखा तयारीमा लागेको छ । महाधिवेशन स्थल वरीपरीको रुटमा प्रत्येक सिफ्टमा ३५० ट्राफिक प्रहरी परिचालन गरिने ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

    ‘अस्त व्यस्त नहुने गरी मिलाएका छौं । आउने रुटमा थप जनशक्ति परिचालन गरेका छौं,’ उनले भने, ‘यो क्षेत्रमा जनशक्ति पनि बढाएका छौं । हामीले एक सिफ्टमा ३५० ट्राफिक प्रहरी यो महाधिवेशन वरीपरी खटिन्छन् । यो नर्मल अवस्थाभन्दा बढी हो ।’ माइतीघर, भृकुटीमण्डप, रत्नपार्क क्षेत्रलाई फोकस गरेर जनशक्ति थप गरिएको हो ।

    ‘योभन्दा अगाडि ठूला कार्यक्रम पनि व्यवस्थापन गरेको अनुभवका आधारमा व्यवस्थापनको योजना बनाएका छौं । नर्मल अवस्थाभन्दा अलिकति असहज होला । तर अस्तव्यस्त नै हुने अवस्था आउँदैन,’ उनले भने । असहज अवस्था आए वैकल्पिक उपाय अपनाउने उनको भनाइ छ ।

    ‘अरु सवारी चल्नै नसक्ने अवस्था हुँदैन । अरु गाडी पनि चल्छन् । हामीलाई अलिकति समस्या जुलुस निकालेको बेला हो । त्यस्तो बेला केही समयलाई डाइभर्ट गरेर मिलाउँछौ । वैकल्पिक बाटोबाट पठाउँछौं । त्यस्तो अस्तव्यस्त हुने अवस्था आउँदैन,’ एसएसपी भट्टराई भन्छन्, ‘इन्ट्री पोइन्ट हेरिन्छ ।

    असहज अवस्था आए डाइभर्ट गरेर मिलाइन्छ ।’ दोस्रो महत्वपूर्ण विषय पार्किङ स्थल हो । देशभरबाट आएका कार्यकर्ताले प्रयोग गरेका सवारी महाधिवेशन स्थल नजिँकै पार्किङ गराउनु पनि चुनौतीपूर्ण छ ।

    यसमा पनि ट्राफिक महाशाखाले सबैका लागि हुनेगरी चारदेखि पाँच स्थान तोकेर पार्किङको व्यवस्था मिलाएको छ । एसएसपी भट्टराईका अनुसार पार्किङस्थल खुला मञ्चमा तोकिएको छ ।

    टुँडिखेलमा पनि राखिएको छ । भीआईपीका गाडी भृकुटीमण्डपभित्रै राख्ने व्यवस्था मिलाइएको छ । राष्ट्रियसभा गृहमा पनि राख्ने प्रबन्ध मिलाइएको छ । ‘भीआईपी, महाधिवेशन प्रतिनिधि, अन्य कार्यकर्ताको छुट्टाछुट्टै मिलाइएको छ,’ उनले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology