Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको शुक्रवार अन्त्येष्टि

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको शुक्रवार अन्त्येष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • ०८:३९:५९ बजे
  • 601
    SHARES
  • भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको शुक्रवार अन्त्येष्टि

    एजेन्सी । बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भएका भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्वसेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्तेष्टि गरिने भएको छ ।

    images

    भारतीय वायुसेनाले ट्वीट गरेर सो जानाकारी दिएको हो । उनको शव आज दिल्ली ल्याइदैछ । रावत चढेको भारतीय वायु सेनाको एमआई–१७ भी ५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो ।

    दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइते एक जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    दर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ ।

    भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनबरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए। रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे आज साँझ संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # भारतीय सेनाका चिफ अफ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology