Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा पेसीमा चढ्यो

केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा पेसीमा चढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • १२:३६:२३ बजे
  • 688
    SHARES
  • केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा पेसीमा चढ्यो

    तत्कालीन प्रधानमन्त्रीका रुपमा दिएको अभिव्यक्तिका कारण केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा पेसीमा चढेको छ ।

    images

    उनको मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासमा पेसी चढेको हो । २०७७ माघ २३ गते ओलीले प्रतिनिधिसभा विघटनको मुद्दाको बहस चलिरहँदा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना निवेदन दायर गरेका थिए ।

    पुस ५ गते ओलीले बहुमतको सरकार सञ्चालन गरिरहँदा संविधाने नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेका थिए ।

    उक्त घोाषणा असंवैधानिक भएको भनी सर्वोच्चमा रिट दायार भएको थियो । उक्त रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस चलिरहँदा उनले अदालतले आफूले गरेको निर्णय उल्ट्याउन नसक्ने र ‘बाजे वकिल’लाई समेत लगेर कानुन व्यवसायीहरुले तमासा गरेको टिप्पणी गरेका थिए ।

    अवहेलना मुद्दा दर्ता भएपछि ओलीले फागुन ६ गते लिखित जबाफ लिएर आफैँ उपस्थितसमेत भएका थिए । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा जबाफसहित आफैँ उपस्थित हुन माघ १५ मा आदेश दिएको थियो ।

    तत्कालीन प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीविरुद्ध अपमानजनक शब्द बोलेको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा वरिष्ठ अधिवक्ता कुमार शर्मा आर्चायले दर्ता गरेका थिए ।

    ओलीसँगै पूर्वप्रधानन्यायाधीशहरुलाई पनि अवहेलनाको मुद्दा दायर भएको थियो । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति निकालेका ४ जना पूर्वप्रधानन्यायाधीहविरुद्धको मुद्दा यसअघि नै खारेज भइरहेको छ ।

    पूर्वप्रधानन्यायाधीहरु मीनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्चमा उपस्थित भइ जबाफ दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology