नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आगामी शनिबार हुने पार्टीको प्रदेश सम्मेलन तयारीबारे छलफल गर्ने बताइएको छ ।
प्रदेश सम्मेलनको तयारी, नेतृत्व चयनसहित पार्टीले लिने वैचारिक, राजनीतिक एजेन्डाका विषयमा समेत छलफल हुने छ । यस्तै, बैठकमा प्रदेश सम्मेलनका विषय र आगामी राष्ट्रिय सम्मेलनमा पेस हुने राजनीतिक प्रतिवेदनका विषयमा समेत सुझाव संकलन हुने बताइएको छ ।
माओवादीले यसअघि नै सेल, वडा र पालिका सम्मेलन गरिसकेको छ । माओवादीले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ ।