Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली कांग्रेसमा मीन विश्वकर्माले गरे सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

नेपाली कांग्रेसमा मीन विश्वकर्माले गरे सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • १५:४७:४० बजे
  • 988
    SHARES
  • नेपाली कांग्रेसमा मीन विश्वकर्माले गरे सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सह-महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले दलित तर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    images

    उनले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने जानकारी दिए ।

    पदाधिकारी नहुँदा र निर्णय गर्न गाह्रो हुने भएकोले आफ्नो मुद्दाहरु उठाउन गाह्रो भएको सुनाउँदै यसपटक आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

    स्वदेश र विदेशमा रहेका युवाहरुलाई दोहोरो नागरिकता हुनुपर्ने आफ्नो मुद्दा भएको उनले बताए ।

    त्यस्तै उनले समग्र देशको हितको लागि नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई जिताउनुपर्ने अहिलेको आवश्यकता रहेको पनि धारणा राखे ।

    त्यस्तै, कार्यक्रममा कांग्रेस नेतृ लक्ष्मी परियारले नेपाली कांग्रेस पुरानो र समावेशी पार्टी भएको उल्लेख गर्दै यसपटक पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology