Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्वोच्चमा भइरहेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो : एमाले

सर्वोच्चमा भइरहेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो : एमाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • १६:०५:४८ बजे
  • 916
    SHARES
  • सर्वोच्चमा भइरहेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो : एमाले

    नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा भएको टिप्पणी गरेका छन् ।

    images

    विहिबार (आज) आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडा भएको टिप्पणी गरेका हुन् ।

    ‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला’ नेता ज्ञवालीले भने, ‘कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला ।

    अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला।’ यस्तै उनले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गर्दै उनले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताए ।

    ‘हाम्रो पार्टी न्ययालयबाट पीडित पार्टी हो’, ज्ञवालीको भनाइ छ । उनले अदालतभित्रको विवाद न्ययाधीशबीचका दुई गुटको झगडा जस्तो भएको टिप्पणी गरे । उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको दावी समेत गरे ।

    उनले न्यायलयमा हुने जुनसुकै विकृति र विसंगतिको विरोधमा एमालेको समर्थन रहने भएपनि आज भएको आन्दोलन न्यायालय सुधारमा अन्तरनिहित नभएको बताए ।

    उनले एकजना व्यक्ति हटाएर र अर्कोलाई राखेर न्यायलयमा सुधार नहुने भन्दै साउन २८ को सर्वोच्चको फैसला नै विवादको जड भएको बताए । यस्तै नेता ज्ञवालीले आगामी मंसिर २८ गतेबाट सुरु हुने भनिएको संसद बैठक अहिलेकै अवस्थामा चल्न नसक्ने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology