Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देउवालाई निधिको चुनौती

देउवालाई निधिको चुनौती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ०९:१०:१६ बजे
  • 742
    SHARES
  • देउवालाई निधिको चुनौती

    नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदै छ ।

    images

    कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

    कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिनका लागि वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।

    यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।

    सभापतिको रेसमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् ।

    तेस्रो धारबाट सिटौला अघि बढेका छन् । संस्थापन समूहबाट देउवालाई एक्लो उम्मेदवार हुनबाट निधिले छेक्ने सम्भावना छ । श्रेष्ठ भने उम्मेदवारी दिने अवस्थामा नपुग्ने धेरैको आँकलन छ ।

    इतर समूहमा पौडेललाई महामन्त्री कोइरालाले साथ दिए पनि नेता सिंह र कोइरालाले टेरेका छैनन् । यो खबर आजको राजाधानी दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology