Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महाधिवेशन : निर्णायक बन्नेछ सिटौला समूह

महाधिवेशन : निर्णायक बन्नेछ सिटौला समूह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ०९:१९:५२ बजे
  • 619
    SHARES
  • महाधिवेशन : निर्णायक बन्नेछ सिटौला समूह

    १३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ ।

    images

    कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको हो ।

    प्रदेश अधिवेशनका क्रममा प्रदेश १ मा सिटौला समूह देउवा समूहसँग मिल्दा सिटौला पक्षको पोल्टामा नतिजा आएको थियो भने बाग्मती प्रदेशमा सिटौला समूहले देउवा समूहलाई सघाउँदा देउवा समूहको पक्षका उम्मेदवार सभापतिमा निर्वाचित बनेका थिए ।

    यी सबै परिणामपछि संस्थापन समूहभित्र सिटौलालाई मिलाएर अघि बढ्न सभापति देउवामाथि दबाब बढेको छ ।

    ‘सिटौलाजीको भूमिका १३औं महाधिवेशनमा पनि निर्णायक रह्यो, अहिले पनि उहाँलाई मिलाएर अघि बढ्दा संस्थापन पक्ष पहिलो चरणको निर्वाचनमा नै जीतनजिक छ, यस कारण पनि उहाँलाई मिलाएर अघि बढ्न हामीले सभापतिजीलाई सुझाएका छौं,’ देउवा समूहका एक नेताले भने ।

    यो समाचार राजधानी दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology