Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कांग्रेसको महाधिवेशनस्थल (फोटो फिचर)

कांग्रेसको महाधिवेशनस्थल (फोटो फिचर)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ११:१६:४२ बजे
  • 1.7K
    SHARES
  • कांग्रेसको महाधिवेशनस्थल (फोटो फिचर)

    नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज)देखि सुरू हुँदै छ ।

    images

    Congress_Stage-2.jpg

    महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झन्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ । महाधिवेशनका लागि स्टेज निर्माणको काम सकिएर अहिले सजाउने काम भइरहेको छ ।

    Congress_Stage-4.jpg

    यस्तै, महाधिवेशन स्थल जाने विभिन्न सडकको बीचमा पनि स्वागत द्वार राखिएको छ । महाधिवेशन स्थलमा स्टेज निर्माणदेखि सिंगार्ने काम रोशन आर्टस् सर्भिसले लिएको छ ।

    Congress_Stage-6.jpg

    आर्टस्का प्रोपाइटर रोशन जयसवालका अनुसार स्टेज निर्माण र सिंगारको लागत ५० लाख रुपैँया जति लाग्ने भएको छ । ‘सुरुमा ३५ लाखमा ठेक्का लिएको हो ।

    आयोजकले पछि डिजाइनहरु थप्दै गएपछि लागत बढेको छ । अहिलेसम्मको खर्च हेर्दा ५० लाखसम्म लाग्ने देखिन्छ । थप हिसाब गर्नै पर्छ,’ उनले भने ।

    Congress_Stage-8.jpg

    आज दिउँसो एक बजे महाधिवेशनको उद्घाटन गर्ने पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनमा देशभरबाट चार हजार ६०० जना प्रतिनिधीहरू सहभागि हुनेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology