Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्यानमारमा महिला बन्दीलाई यातना र यौन दुर्व्यवहार

म्यानमारमा महिला बन्दीलाई यातना र यौन दुर्व्यवहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ११:२३:३५ बजे
  • 508
    SHARES
  • म्यानमारमा महिला बन्दीलाई यातना र यौन दुर्व्यवहार

    एजेन्सी । म्यानमारमा महिला बन्दीलाई यातना र यौन दुर्व्यवहार हुने गरेको विवरण सार्वजनिक भएका छन् ।

    images

    गत जनवरीमा सेनाको कुपछि प्रदर्शनमा उत्रिएको आरोपमा पक्राउ परेका दर्जनौ महिलाहरुलाई सेनाले यौन दुर्व्यवहार गरेको विवरण सार्वजनिक भएको हो ।

    सेनाको कुपछि भएका सरकारविरोधी प्रदर्शनहरुमा म्यानमारका महिलाहरु मुख्य भूमिकामा थिए । सेनाको कूपछि कारागारमा रहेका महिलाहरुलाई बलात्कार गरेको मानवअधिकारवादी समूह एसिस्टेन्स एसोसियसन फर पोलटिकल प्रिजनर्स (एएपीपी) ले जनाएको छ ।

    सेनाको कुपछि २ हजार महिलासहित १० हजार २ सय महिला पक्राउ परेका छन् । आफूमाथि कारागारभित्र सेनाले जवरजस्ती यौन दुर्व्यवहार गरेको सोइ मे नाम गरेकी एक वन्दीले गुनासो गरेकी छिन् । ‘मलाई सेनाले आँखामा पट्टी बाँधेर निवस्त्र पारेर बलत्कार गरे,’ उनको भनाई उदृत गर्दै एएपीपीले लेखेको छ ।

    सुरक्षाकर्मीले जेलभित्र आउने सबैको बलत्कारपछि हत्या गरेको भन्दै उनलाई पनि त्यसका लागि तयार हुने चेतावनी दिएको बताइएको छ । बन्दी महिलालाई गुप्तांगलगायत संवेदनशिल स्थानमा समाएर सुरक्षाकर्मीले सोधपुछ स्थलमा लगेको म्यामारकी एक महिला वकिलले बताएकी छिन् ।

    सुरक्षाकर्मीले बन्दी महिलासँग यौन प्रस्ताव गरेको र प्रस्ताव स्वीकार गर्नेलाई रिहा गर्ने आस्वासन दिएको उनले बताएकी छिन् ।

    सोइ पिइ थारस्थित सोधपुछ केन्द्रमा साक्षी रहेकी एक अधिकारबादी महिलाका अनुसार कथित छानविनका लागि तोकिएको कोठाबाट बाहिर निस्किएका महिलाहरुका कपडा च्यातिएका र भित्रीवस्त्र देखिएको बताएकी छिन् । सेनाले बलात्कारपछि महिलाले लुगा लगाउँदै बाहिर निस्किएको उनको दाबी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology