Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्रको प्रदेश २ अधिवेशन जनकपुरधाममा,एक हजार प्रतिनिधि रहने

माओवादी केन्द्रको प्रदेश २ अधिवेशन जनकपुरधाममा,एक हजार प्रतिनिधि रहने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ११:४३:०९ बजे
  • 1.2K
    SHARES
  • माओवादी केन्द्रको प्रदेश २ अधिवेशन जनकपुरधाममा,एक हजार प्रतिनिधि रहने

    नेकपा (माओवादी केन्द्र) को प्रदेश २ अधिवेशनको उद्घाटन शनिबार जनकपुरधाममा हुने तय भएको छ ।

    images

    शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै नेकपा माओवादी केन्द्र प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले अधिवेशनको तयारी पूरा भएको जनाए ।

    अधिवेशनमा प्रदेश २ का एक सय ३६ पालिकाबाट ६ सय र मनोनित गरी एक हजार प्रतिनिधि सहभागी उनले जनाए । उनले यही पुस ३ गतेको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने हुँदा त्यस अवधिभित्र बाँकी रहेका पालिकाको अधिवेशन सम्पन्न गरिने संयोजक बुढाथोकीले बताए ।

    प्रदेश २ मा एक सय ३६ पालिकामध्ये ३० वटा पालिकामा अधिवेशन हुन बाँकी छ । प्रदेश अधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल मार्फत सात वटै प्रदेशमा एकै पटक सम्बोधन गर्नेछन् । माओवादी केन्द्रको प्रदेश अधिवेशन जनकपुर उद्योग बाणिज्य संघको सभा हलमा हुने छ ।

    प्रदेश २ अधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रका स्थायी समिति सदस्यत्रय मात्रिका प्रसाद यादव, गिरीराजमणि पोखरेल र गणेश साहलगायतका नेताले पनि सम्बोधन गर्ने छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology