Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीका आठ स्थानीय तहमा सङ्ठन विस्तार

एकीकृत समाजवादीका आठ स्थानीय तहमा सङ्ठन विस्तार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ११:४४:५३ बजे
  • 961
    SHARES
  • एकीकृत समाजवादीका आठ स्थानीय तहमा सङ्ठन विस्तार

    नेकपा (एकीकृत समाजवादी) ले जिल्लामा आफ्नो सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।

    images

    जिल्लाका कूल नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा सङ्गठन विस्तार गरिएको सो पार्टीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।

    उनका अनुसार हालसम्म यहाँका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वी चौकी, केआइसिंह, जोरायल, बडीकेदार, सायल र आदर्श गाउँपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको छ ।

    दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वी चौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदारमा लालबहादुर मन्नीको अध्यक्षतामा २७ सदस्यीय, जोरायलमा रोहित बोहराका अध्यक्षतामा ५१ सदस्यीय, शिखरमा जगन्नाथ बलायरको अध्यक्षमा ३९ सदस्यीय, केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय, सायलमा नरी चुनाराको अध्यक्षता १८ सदस्यीय र आदर्शमा रमेश विष्टको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको हो ।

    गठन गरिएका सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेको बोगटान फुड्सिल गाउँपालिकामा एक÷दुई दिनभित्रै नेतृत्व चयन गरिने अध्यक्ष बोगटीले बताए ।

    जिल्लाका सबै पालिकामा सङ्गठन विस्तार गरिसकेपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने एकीकृत समाजवादीले जनाएको छ । नेकपा (एमाले)सँग विभाजन भएपछि उक्त पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको हो ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology