Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तहको निर्वाचन एकै पटक हुन्छ : प्रमुख निर्वाचन आयुक्त

स्थानीय तहको निर्वाचन एकै पटक हुन्छ : प्रमुख निर्वाचन आयुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • २०:१३:०२ बजे
  • 553
    SHARES
  • स्थानीय तहको निर्वाचन एकै पटक हुन्छ : प्रमुख निर्वाचन आयुक्त

    स्थानीय तहको आगामी निर्वाचन एकै पटक हुने प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाले बताए ।

    images

    गृह जिल्ला संखुवासभामा प्रमुख आयुक्त थपलियाले अघिल्लो स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको भए पनि यस पटक देशैभर एकै चरणमा गरिने उनले बताए ।

    आगामी वैशाख भित्रै स्थानीय तहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको उनले बताए । राज्यको खर्च कम गराउन देशैभर एकै र एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिरहेको उनले बताए ।

    राजनीतिक अनुकूलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताए ।

    संखुवासभा जिल्लामा हाल सञ्चालन भइरहेको मतदाता नामावली संकलन र व्यवस्थापनका विषयमा छलफल गर्न खाँदवारी आज आइपुगेका थपलियाले आयुक्त थपलियाले पत्रकारसँग कुराकानी गदै स्थानीय तहको ५ वर्षे पदावधि जेठ ५ गते सकिने र दुई महिना अगाडी निर्वाचन गराउने कानुनी बाल्यावस्था भएकाले २०७९ वैशाख महिनासम्म निर्वाचन गराउने उनले बताए ।

    निर्वाचन आयोगले राजनीतिक अनुकूलता, प्रशासनिक बन्दोबस्त हेरेर आयोगको तर्फबाट हुने खर्चलाई मध्यनजर गरेर एकै पटक निर्वाचन गराउन लागिएको आयुक्त थपलियाले बताए ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तहको निर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology